नेकपा सचिवालय बैठक सम्पन्न

९ फाल्गुन २०७५, बिहीबार १३:०६

नेकपाको सचिवालय बैठक बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा एकीकरण प्रक्रियामा कार्यदल सदस्यहरुले सुझाव राखेका छन्। कार्यदल सदस्यहरुले सुझाव राखेर बाहिरिएपछि सचिवालय बैठक केहिबेर चलेको थियो । आजकै छलफल जारी राख्नेगरी भोलि ९ बजेसम्मका लागि बैठक स्थगित गरिएको प्रवक्ता नरायणकाजी श्रेष्ठले बताउनु भयो । पार्टी एकताको प्रस्ताव तयार पार्न गठित कार्यदलले सहमति जुटाउन नसकेपछि नेकपाको सचिवालयले आफैँ छलफल थालेको हो ।