सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीबाट राजीनामा

७ फाल्गुन २०७५, मंगलवार १२:५८

काठमाडौं , सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा गर्नु भएको छ । संसदीय सुनुवाइ विशेष समितिले जोशीलाई प्रधानन्यायाधीश बन्न अस्वीकृत गरेको थियो ।प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले पनि जोशीलाई राजीनामा दिन आग्रह गर्नु भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रमार्फत उहाँले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिनु भएको हो । यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उहाँको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो ।