
काठमाडौं, नेकपा सचिवालयको बैठक पार्टी एकतालाई छिटो टुंगो लगाउने प्रयासमा बसीरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । बैठक तल्ला तह र भ्रातृ संगठनहरुको एकता टुंगो लगाउने विषयमा केन्द्रित रहेको नेताहरुले बताएका छन् ।
एकताका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन भए पनि अझैसम्म एकताले पूर्णता पाएको छैन । त्यसैले अब अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आफैंले एकताको खाका तयार पार्ने जिम्मा लिने तयारीमा छन् ।
