
धादिङ , नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सल्यानटारलाई नमुना सहरको रूपमा विकास गर्ने बताउनु भएको छ ।
नेकपा अध्यक्ष प्रचण्डले सल्यानटारलाई देशकै नमुना सहरको रूपमा विकास गर्न केन्द्रीय रूपमा नै डिपिआर सुरु गरिसकिएको
बताउनु भएको हो । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित कार्की गाउँ माध्यमिक विद्यालयको ५९औंँ वार्षिकोत्सब तथा नवनिर्मित आठ कोठे भवन उद्घाटन गदै प्रचण्डले यस्तो बताउनु भएको हो ।
