क्रिश्चियन धर्म सम्बन्धी गतिविधि बढ्दै गएको छ, जबरजस्ती धर्म परिवर्तन गराउनेलाई कारवाही गर्नु पर्छः बिश्लेषक बिष्णु प्रसाद शर्मा

५ फाल्गुन २०७५, आईतवार १९:११

काठमाडौं, राजनीतिक बिश्लेषक बिष्णु प्रसाद शर्माले कुनैै पनि बहानामा जबरजस्ती धर्म परिवर्तन गराउन नपाईने बताउनु भएको छ । जसले
जबरजस्ती धर्म परिवर्तन गराउन खोज्छ त्यसलाई कारर्वाही गर्नु पर्छ । आयोखवर संग कुरा गदै उहाँले ९० प्रतिशत हिन्दु भएको देश नेपाललाई हिन्दुराष्ट्र नै कायम गर्नुपर्ने बताउनु भयो । उहाँले कोही पनि हिन्दुको भावना माथि भएको अन्याय र अत्याचारलाई सहन नसक्ने बताउनु भयो । पछिल्लो समय मुलुकमा क्रिश्चियन धर्म सम्बन्धी गतिविधि बढ्दै गएको आरोप लगाउँदै उहाँले हिन्दु धर्म मान्र्ने सवै एक जुट हुनु पर्ने कुरामा जोड दिनु भयो । उहाँले देशलाई हिन्दु विहिन बनाएकोमा आपत्ति समेत जनाउनु भयो । उहाँले धर्मसम्बन्धी सम्पूर्ण संघ तथा संगठनहरु अब हिन्दू धर्मको संरक्षणमा लाग्नु पर्नेमा जोड दिनु भयो ।