भद्रकाली नजिकै बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईजना घाइते

५ फाल्गुन २०७५, आईतवार १४:०७

काठमाडौं , भद्रकाली नजिकै बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईजना घाइते भएका छन् ।बा३ख २४१६ नम्बरको बसले मोटसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार मनमैजुकी अस्मिता पौडेल गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।मोटर साइकल चालक भने सामान्य घाइते भएका छन् । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिइसकेको छ ।सिंहदरबारतर्फ आउँदै गरेको मोटरसाइकललाई भद्रकाली नजिकैको आकाशे पुलमुनि बसले ठक्कर दिएको हो ।