
हङकङलाई कर्मथलो बनाइरहेका दाजु गुरुङको कथासंग्रह टाँकीका फूलहरू बजारमा आएको छ । संग्रहमा हङकङ पुगेका नेपालीलाई पात्र बनाइएको छ ।
संग्रहमा १६ कथा छन् । मेरो छिमेकी र रोक्सी, हराएको मान्छे, मोनिका, बिर्सिएका साँझ, मिलेनियम, ब्याज, मुन्ना चौधरी, सतासी मामा, सुनाखरी ओइलाएपछि, चोइ–साम, मङ्की हिल, मौइसीलगायत कथा छन् । भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको पुस्तकको मूल्य २ सय ५० रुपैयाँ छ ।
