
काठमाण्डौ, राजपा नेपालकी नेतृ तथा सांसद अमृता अग्रहरीले सरकार आफैले गरेको सम्झौता कार्यान्वयन गर्न सरकार असफल भएको बताउनु भएको छ । आयोखवर डटकम संग सरकारको एक बर्षे कार्यकालको समिक्षा गदै नेतृ अग्रहरीले सरकारको एक बर्षे कार्यकाल असफल भएको दाबी गर्नु भएको हो । संविधानमा भएको त्रुटि सच्याउँदै संशोधन गर्ने सहमति सरकारले गरे पनि गर्न नसकेको उहाँले आरोप लगाउनु भयो । सुशासनको अनुभूति र भ्रष्टाचार न्यूनिकरणका सवालमा सरकारले सिन्को समेत भाँच्न नसकेको उहाँको दाबी छ । उहाँले बिकास निर्माणमा जनचाहनाअनुसार सरकारले काम गर्न नसकेको समेत बताउनु भयो । नागरिकता सम्बन्धि कानुन निर्माण सरकारले नै अड्काएर राखेको आशंका उहाँले ब्यक्त गर्नु भयो ।
