सरकारको एक बर्षे कार्यकाल असफल भयो, निरंकुश शैलिमा अघि बढिरहेको छः सांसद देबप्रसाद तिमलसिना

२ फाल्गुन २०७५, बिहीबार १३:३९

काठमाण्डौ, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता तथा सांसद देवप्रसाद तिमलसिनाले सरकारको एक बर्षे कार्यकाललाई पूर्णरुपमा असफल र सरकार निरंकुश शैलिमा अघि बढेको गंम्भिर आरोप लगाउनु भएको छ । आयोखवर डटकम संग कुरा गदै सासंद तिमलसिनाले सरकार असफल र निरंकुश शैलिको उपमा दिनु भएको हो । उहाँले सरकार लोकतान्त्रिक बाटो बाट जनमत पाएर निरंकुश शैलिले अघि बढेको बताउनु भयो । संघीयताको मूल अठोट साधन र स्रोत बिकेन्द्रीकरणमा सरकार एक बर्षे अवधिमा फेल भएको उहाँको तर्क छ । उहाँले ३३ किलो सुनकाण्ड, मेलम्ची प्रकरण, वाइडबडी काण्ड , निर्मला हत्या प्रकरण लगायतमा सरकार एक बर्षे अवधिमा फेल भएको दाबी गर्नु भयो । सरकारको काम कारवाहीबाट आमजनता निराश हुने अवस्था सिर्जना भएको बताउदै उहाँले भेनेजुएला प्रकरणमा सरकार कूटनीतिक हिसावमा चुकेको बताउनु भयो । त्यसै गरी उहाँले पार्टीको घोषणा पत्रमा समेटिएका काम सुरु गर्न नसकेको भन्दै सरकारका मन्त्रीले काम भन्दा बढि गफ गरेर बिताएको आरोप लगाउनु भयो । यो बर्तमान ओली सरकारले देशमा महंगी बढाएको र कर्मचारीको भावना अनुसार काम गर्न नसकेको पनि बताउनु भयो ।