१६ औं लोकसभाको अन्तिम दिन मोदीले फेरि किन नेपाल सम्झिए

२ फाल्गुन २०७५, बिहीबार ११:५७

काठमाडौं , भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार भारतको १६ औं लोकसभाको अन्तिम सत्रमा बोल्दै फेरि एक पटक नेपालको नाम लिनु भएको छ । आफ्नो कार्यकालमा नेपालमा भूकम्प जाँदा मानवीय हिसाबले सहयोग गरेको बताउनु भएको हो । । उहाँले पहिलाका सरकारहरुका बारेमा मानवअधिकार र मानवीय सेवाको बारेमा आलोचना हुने गरेकोमा आफ्नो सरकारले ‘बसुदैव कुटुम्बकम’को मान्यता अनुसार नेपाल लगायतका देशहरुमा मानवीय सहयोग गरेको जनाउनु भएको हो । भूकम्पमा पीडामा रहेका नेपालीलाई नाकाबन्दी लगाएको भनेर आलोचना हुने गरेपनि उहाँले भने भूकम्पको विषय मात्रै उठाएर मानवीय सहयोग गरेको बताउनु भएको हो । केही दिन अघि भारतको जलपाइगुडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेपालका आदिकवि भानुभक्त आचार्यको स्रहाना गरेका गर्नु भएको थियो । मोदीले बुधबार संसदमा बोल्दै बंगलादेशसँगको सीमा विवाद पनि आफ्नो कार्यकालमा समाधान भएको बताउनु भएको थियो । उहाँले अन्तर्राष्ट्रिय जगतमा भारतको सम्मान बढेको भन्दै यसो हुनुमा आफूलाई सन् २०१४मा जनताले बहुमत दिनु नै मुख्य कारण भएको समेत उल्लेख गर्नु भयो । उहाँले बहुमतयुक्त सरकार हुँदा दुनियाँले हेर्ने दृष्टिकोण नै अर्कै हुने गरेको सो अवसरमा बताउनु भएको थियो ।उहाँले १६ औं लोकसभाका क्रममा २१९ वटा विधेयक पेश भएको र २०३ वटा विधेयक पास भएको समेत जनाउनु भयो ।कालो धन र भ्रष्टाचार विरुद्धको कानुन पनि यही सदनले बनाएको उहाँले सो अवसरमा बताउनु भएको थियो । आर्थिक अपराधी तथा भगौडाको विरुद्धको कानुन पनि लोकसभाले बनाएको उहाँले उल्लेख गर्नु भयो ।

बीबीसी हिन्दीको सहयोगमा