
काठमाण्डौ, त्रिपुरेश्वर स्थित कम्पनी रजिस्टारको कार्यालयमा हातपात भएको छ । कम्पनी रजिस्टारको कार्यालयमा मुनाफा बितरण नगर्ने नयाँ कम्पनी दर्ता गराउने सिलसिलामा सेवाग्राहीको रुपमा गएका दुई जना कानुन ब्यवसायी टिकाध्वज खडका र गुणराज आर्चाले कम्पनी रजिस्टार कार्यालयका रजिस्टार भुवन हरि अर्याल र उप रजिस्टार हरिनारायण बेलवासे माथि अपशब्द प्रयोग गर्नुका साथै हातपात गरेको समाचार प्राप्त भएको छ । यस बिषयमा आधिकारीक टेड युनियन उद्यद्योग मन्त्रालयको गम्भीर ध्यार्नाकर्षण भएको बताएको छ ।
