
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पार्नु भएको छ ।
रिपोर्टस क्लबमा आयोजित कार्यकममा बोल्दै पौडेलले यो विषयमा पार्टीको सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक भएको बताउनु भएको हो । ुअमेरिकी राजदुत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ। राजदुतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ’ पौडेललेभन्नु भयो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत आइसक्यो, अब यो बिषयमा अल्झिनुपर्दैन।प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच आगामी दिनमा मिलेर जानेबारे गम्भिर कुराकानी भएको पनि पौडेलले बताउनु भयो । उहाँले भन्नु भयो, ,‘सरकार सञ्चालन गर्दा मिलेर अघि बढ्ने र निर्णय गर्दा सल्लाह गर्नेबारे उहाँहरुबीच सहमति भएको छ । पार्टी एकीकरणको कामलाई दुवै अध्यक्षले पहलकदमी लिने र फत्ते बनाउने पनि गम्भिर कुरा भएको छ । पार्टीभित्र अन्तरसंघर्षमा नफस्नेबारे पनि उहाँहरुबीच कुरा भएको मैले पाएको छु।’उहाँले नेपालले शान्ति प्रक्रिया मौलिक ढंगले टुँगो लगाउने काम गरिरहेको बताउनु भयो । तर, केही अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु र केही ‘संघ÷संस्थाहरुले यो विषयलाई उचाल्ने काम गरेको उहाँको आरोप छ । उहाँले भन्नु भयो, ,‘संघ÷संस्थाहरु भनेर मैले कांग्रेसलाई भन्न खोजेको होईन । कांग्रेस त शान्ति प्रक्रिया टुँगो लगाउन दृढ छ । हामी सबै मिलेर कोशिस गरिरहेका छौं ।’ नेता पौडेलले वर्तमान सरकार गठन भएको एक वर्ष पुग्न लागेको सुनाउँदै यो एक वर्षको कार्यकाल हेर्दा सरकार सापेक्षित रुपमा सफल भएको दाबी गर्नु भयो । उहाँले भन्नु भयो, ‘सरकारको एक वर्ष सापेक्षित रुपमा सफल छ । तर, उत्साहजनक छैन् ।’
