अहिले मुलुकको अर्थतन्त्र डामाडोल, ‘सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल’ खड्का

२७ माघ २०७५, आईतवार १६:०८
Nepali Congress leader Narayan Khadka speaks at an interaction program organized by the Reporters’ Club Nepal at the Exhibition Road, Bhrikutimandap, Kathmandu on Sunday, February 10, 2019. Photo: Paban Bhattarai/Reporters’ Club Nepal

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा नारायण खड्काले सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको आरोप लगाउनु भएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले अहिले मुलुकको अर्थतन्त्र डामाडोल भएको बताउनु भयो । उहाँले यो ५ महिनामा ५ खर्ब ६९ अर्बको व्यापार घाटा छ भन्नु भयो । निजी क्षेत्रको पनि त्यस्तै समस्या छ।’ दुई तिहाईको सरकारले उत्ताउलो कुरा गरिरहेको उहाँको भनाइ छ। खड्काले भन्नु भयो, ‘जनताका आधारभुत कुराहरु यो सरकारले पूरा गर्न सकेको छैन।
मुलुकको अर्थतन्त्र यस्तै रहिरहे अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र दातृ निकायहरुसँग ऋण माँगेर धन्ने दिन आउनसक्ने खतरा पनि खड्काले औंल्याउनु भयो ।
फरक प्रसंगमा नेता खड्काले भेनेजुएला प्रकरणमा नेपाल सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वक्तव्य जारी गर्नु नै आवश्यक नभएको बताउनु भयो ।