
गरुडा , गरूडा नगरपालिकाको विवाद लामो समयपछि समाधान हुन पुगेको छ । लामो समय देखि नै जनप्रतिनिधि र कर्मचारीहरुबीचको विवाद झेलिरहेको नगरपालीका हो यो । प्रमुख प्रशासकिय अधिकृत टेकराज पंन्थीले विवाद समाधान गराउन मुख्य भुमिका खेल्नु भएको छ । केहि समय अघि देखि नगर प्रमुख, उपप्रमुख तथा कर्मचारीहरुमा द्वन्द चलिरहेको थियो । नगरपालिकाको नियमित कामकाज तथा विकास योजनाको काममा समेत अबरोध सिर्जना हुदै आएको थियो । तर प्रमुख, प्रशासकिय अधिकृत पन्थीको कार्यकुशलता र अनुभवका कारण अहिले गरुडा
नगरपालिका गतिका साथ अघि बढिरहेको छ । बिना झन्झट जनताको काम भइरहेको छ । पन्थीको पहलमा नगरपालिकामा रहेको विवाद समाधान भएको छ । नगरपालिका भित्र विकास निर्माण र कर्मचारी नियुक्ति आपसी सहमती तथा समन्वयको आधारमा गरिने सहमती समेत भएको छ । नगरपालिका संचालनका लागि बनेका ऐन, कानुन र कार्यविधि अनुसार संचालन हुनुपर्ने तथा नगर सभामा पारित निर्णयहरु सोही बमोजिम अगाडि बढाउने तथा नगर प्रमुख र उपप्रमुख एक अर्काको कार्य क्षेत्रमा अनावश्यक हस्तक्षेप नगर्ने गरी सहमति गराइर्एको अधिकृत पन्थीले बताउनु भयो । अधिकृत पन्थीको कार्यकुशलता , अनुभव र दुरदर्शीताका कारण नै यो सम्भव भएको जनप्रतिनिधिले बताएका छन् । नगरवासीले अबका दिनमा नगर विवादरहित र भ्रष्टचार मुक्त हुने आशा गरेका छन् । प्रमुख प्रशासकिय अधिकृत पन्थी रौतहत जिल्लाका दुई वटा नगारपालिका हेर्दे आउनु भएको छ । उँहाले कार्यभार सम्हाले देखि गरुडा र वृन्दावन नगरपालिकामा कुनै समस्या नआएको स्थानिय जनता तथा जनप्रतिनिधिले बताउदै आएका छन् ।
