अव एकता प्रक्रियामा ढिलो हुदैनः प्रचण्ड

२४ माघ २०७५, बिहीबार १३:२३

चितवन , नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले एकता प्रक्रिया ढिलो भएको बताउदै आजै कार्यदलबाट रिपोर्ट लिने र छिट्टै सबै टुङ्ग्याएर अभियानमा जाने बताउनु भएको छ । अव एकता प्रक्रियामा ढिला नहुने बताउनु भयो ।

बिहीबार चितवनको भरतपुरमा पुगेर अध्यक्ष प्रचण्डले सञ्चाकर्मीहरुसँग कुरा गर्दै फागुन र चैतको अभियान जसरी पनि पुरा गर्ने जानकारी दिनु भयो ।

उहाँले , ‘सरकारको तर्फबाट दिनप्रतिदिन जनताको पक्षमा कार्यक्रमहरु घोषणा भएको बताउनु भयो । विकास निर्माणका काममा गति पक्रिन थालेको समेत बताउनु भयो ।

सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै अध्यक्षले भेनेजुयलाको बारेमा पार्टी सचिवालय बैठक बसेर हस्तक्षेपको बिरोधमा नै वक्तव्य जारी भएकाले अब अरु कुराले केही अर्थ नराख्ने पनि बताउनु भयो । उहाँले नेपालको शान्ति प्रक्रियाको बारेमा विभिन्न राजदूतहरुको वक्तब्य नेपालको आन्तरिक मामिलामा अनावश्यक चासोको अभिव्यक्ति भएको बताउनु भयो । शान्ति प्रक्रियासँग सम्बन्धित बिषय सत्ता पक्ष र प्रतिपक्षबीच एकै धारणा भएको बताउनु भयो ।