काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाले आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई यो समय आन्दोलनको समय नभएको बताएको छ ।

सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले हाल राष्ट्रको मुख्य कार्यभार आर्थिक समृद्धि तथा सामाजिक न्यायसहितको समृद्धिको कार्यभार रहेको बताउनु भयो । राष्ट्रिय महत्वका मुद्धाहरुमा साझा सहमति गरेर अघि बढ्न कांग्रेसलाई अपिल गर्नु भयो । कांग्रेसलाई सरकारप्रति कुनै चित्त नबुझेको भए सहमति गरी अघि बढ्न सकिने सुझाव दिनु भयो ।
