नेकपा सचिवालय बैठक चल्दै

२१ माघ २०७५, सोमबार १४:३४

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको  सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ। बैठकमा पार्टी एकीकरणका सम्पूर्ण काम सक्ने विषयमा छलफल चलिरहेको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनु भयो ।

तीन महिनाभित्र एकता सक्ने गरी ३ जेठ २०७५ मा नेकपा एमाले र माओवादीबीच एकता भएको थियो। पार्टी एकीकरणको लामो समयसम्म पनि यसले पूर्णता पाएको छैन । एकताको काम सक्न भनी पछिल्लो समय पुस १२ गते स्थायी समिति बैठकले चौथो कार्यदल गठन गरेको थियो ।