काठमाडौं , राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई डाक्टर हर्षवहादुर बुडामगर स्मृति महाअभिनन्दनबाट सम्मान गरिएको छ । हर्ष बहादुर बुडामगर स्मृति प्रतिष्ठानले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा घिमिरेलाई महाअभिनन्दन गरिएको हो ।

राष्ट्रकविको भने अस्वस्थताका कारण सो कार्यक्रममा सहभागिता थिएन। घरमै गएर सो अभिनन्दन समर्पण गरिएको आयोजक प्रतिष्ठानले जनाएको छ ।
