सिमाका २१ स्थानमा सशस्त्र प्रहरी राखिने

२१ माघ २०७५, सोमबार १३:५१

पाँचथर ,  प्रदेश नं १ को चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि शशस्त्र प्रहरी राखिने भएको छ । उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पाँचथरको उत्तरपूर्वी क्षेत्र चिवाभञ्ज्याङको सीमा क्षेत्र अवलोकनका क्रममा सो कुरा  बताउनु भएको हो ।

उहाँले  सीमामा हुने आपराधिक गतिविधि र चोरी निकासी कम गर्न भारत र चीनसँग जोडिएका सीमामा सशस्त्र प्रहरी राख्न रु १७ करोड ५० लाख बजेट छुट्याइसकेको जानकारी दिनु भयो ।