गुल्मी जीप दुर्घटनामा दुईको मृत्यु

२० माघ २०७५, आईतवार १५:१९

गुल्मी , गुल्मीको वामी मैदानमा जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । ग १ च ८३५७ नंको जीप मुसिकोट नगरपालिका–८ वामी मैदान चौपारीबाट करीब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी गाडी मालिक ३० वर्षीय ठाकुर सापकोटा तथा सोही नगरपालिका–८ निवासी ५५ वर्षीय पुतली सिङ ठकुरीको मृत्यु भएको छ ।

दुर्घटनामा मुसिकोट– ८ कै ५५ वर्षीया हरिकला कार्की र बागलुङ दगातुम्डाँडा घर भई वामी मैदान दिदी भेट्न आएका १४ वर्षीय कमल कार्की घाइते भएको प्रहरीचौकी वामीले बताएको छ ।घाइते दुवै जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि वामीटक्सार पठाइएको छ । जीप वामीटक्सार जाने क्रममा चौपारी भिरबाट तल खसेको हो ।