चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट आजै पारित गर्ने तयारी

१७ माघ २०७५, बिहीबार १०:२९

काठमाडौं , राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिल्लो सदनबाट पारित हुने भएको छ । दिउँसो दुई बजे बोलाइएको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित होस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधबीच प्रतिनिधिसभाबाट पारित भएको विधेयक गत सोमबार राष्ट्रियसभामा प्रस्तुत भएको थियो ।सम्झौता विपरीत विधेयक ल्याइएको विरोधमा डा। गोविन्द केसी २३ दिनदेखि अनशनमा छन् ।