पाँचथर, नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पाँचथरको चिवाभञ्ज्याङबाट जनसंवाद यात्राको प्रारम्भ गर्नु भएको छ ।

एक कार्यक्रमबीच डा भट्टराईले एक महिने जनसंवाद यात्राको नेपाल–भारतको सीमाक्षेत्रमा पर्ने पाँचथरको चिवाभञ्ज्याङमा शुरुआत गर्नु भएको हो । पूर्वको चिवाभञ्ज्याङदेखि शुरु भएको जनसंवाद यात्रा एक महिनापछि सुदुरपश्चिम प्रदेशको बैतडीस्थित झुलाघाट नाकामा पुगेर टुङ्गिने जनाएको छ ।विभिन्न पर्यटकीय तथा व्यापारिक क्षेत्रका नागरिक, जनप्रतिनिधिलगायतसँग छलफल र अन्तरक्रिया गरिने नयाँशक्ती पार्टीले जनाएको छ ।
