प्रचण्ड पत्नि सीता दाहाल निवास फर्किनु भयो

१५ माघ २०७५, मंगलवार १०:५०

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहाल स्वास्थ्यलाभ गरी सोमबार निवास फर्किनु भएको छ ।

भाइरल ज्वरोबाट ग्रसित उहाँको उपचार ६ माघदेखि ललितपुरको सुमेरु अस्पतालमा भएको थियो ।उहाँको स्वास्थ्यमा सुधार आएपछि सोमबार मध्याह्न घर फिर्ता गराइएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उहाँलाई आइतबार सघन उपचार कक्षबाट सामान्य कक्षमा सारिएको थियो । उपचारमा संलग्न चिकित्सक डा अशोक अधिकारीका अनुसार सामान्य कक्षमा उहाँको निगरानीपछि स्वास्थ्यमा सुधार देखिएपछि निवास फर्किनु भएको हो ।