दीपक खनाल
अर्घाखाँची, अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा गाडी दुर्घटना भएको छ । पाणिनी गाउँपालिका ४ पात्ला पोखरी लेखी मुनि त्रिवेणी भन्ने ठाउँमा गाडी दुर्घटना भएको हो ।

लु १ च ९०४६ नम्बरको गाडीमा गाउँपालिकाका लेखा अधिकृत नारायण पौडेल, सुब्बा रामकुमार भट्टराई, पशुपति खनाल, रविन्द्र न्यौपाने, चालक सागर घिमिरे गाडीमा सवार थिए ।घाइतेलाई उपचारका लागि पाल्पा मिसन हस्पिटलमा लगिएको छ । गाडी सडकबाट करिब १०० मिटर तल खसेको छ ।
