काठमाडौं, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ राष्ट्रिय सभाबाट पनि पारित भएको छ । यसमाथि संशोधन प्रस्ताव दर्ताका लागि ७२ घण्टाको म्याद दिइएको छ ।

सोमबार राष्ट्रिय सभा बैठक शुरु भएपछि कांग्रेस सांसदहरुले विरोध जनाएका थिए । त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।दोस्रो पटक बसेको बैठक पनि कांग्रेस सांसदको विरोधका कारण आधा घण्टा स्थगित गरिएको थियो ।
तेस्रो पटकको बैठकमा पनि कांग्रेस सांसदले विरोध जारी राखेका थिए । विरोधकै बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा टेबुल भएको हो ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयकलाई निर्णायार्थ पेश गर्नु भएको थियो । त्यसको विपक्षमा आवाज नआएपछि अध्यक्ष तिमिल्सिनाले सर्वसम्मत रुपमा विधेयक स्वीकृत भएको घोषणा गर्नु भएको थियो ।साथै, उहाँले यसमाथि संशोधन प्रस्ताव दर्ताका लागि पनि समय दिनु भएको छ । ७२ घण्टासम्म संशोधन प्रस्ताव दर्ता गर्न सकिने छ ।राष्ट्रिय सभाको अर्को बैठक माघ १७ गते दिउसो २ बजे बस्ने छ ।
