आजको सुनको मूल्य , चाँदीको मूल्य

१४ माघ २०७५, सोमबार ११:३३

काठमाडौं ,सोमबार सुनको मूल्य ६१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो । अघिल्लो कारोबारमा सुन ६१ हजार २ सय रुपैयाँ थियो । तेजावी सुन भने प्रतितोला ६१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।