बारा, सशस्त्र प्रहरी बलको १२ नम्बर गणमा कार्यरत प्रहरी उपरीक्षक बलराम पोखरेलको बारामा जीप दुर्घटना हुँदा मृत्यु भएको छ ।

सिडिओ र सुरक्षा अधिकारीहरु चढेको स्कर्पीयो दुर्घटना हुँदा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, प्रहरी जवान शम्भु गुरुङ र चालक जगत पटेल घाइते भएका छन् ।
दुर्घटनामा परी घाइते भएका प्रमुख जिल्ला अधिकारीको अवस्था गम्भीर रहेको बारा प्रहरीले जनाएको छ ।बाराको कर्मचारी मिलन केन्द्रले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटनामा परेको हो ।
बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।
