काँग्रेसले सरकारविरोधी आन्दोलन चर्काउने

१३ माघ २०७५, आईतवार १२:०६

काठमाडौं, काँग्रेसले सरकारविरोधी आन्दोलन चर्काउने भएको छ ।आज बस्ने काँग्रेस केन्द्रीय समिति बैठकले सरकारका कामकारवाहीका विरुद्धमा आन्दोलनलाई बढाउदै लैजाने निर्णय गर्न लागेको हो । ‘सरकारका कामकारवाहीविरुद्ध आन्दोलन बढाउदै लैजाने नेतृ पुष्पा भुसालले बताउनु भयो । आजको बैठकमा थप छलफल गरेर ’ आन्दोलनका कार्यक्रम तय हुन्छन् ।’ भुसालले भन्नु भयो ।

काँग्रेसको विरोधकाबीच शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले चिकित्सा शिक्षा विधेयक पारित भएको थियो । यो विधेयक पारित भएसँगै काँग्रेस सरकारविरुद्ध आक्रमक भएको छ ।यसैवीच आइतबार बिहानैबाट काँग्रेसका भ्रतृ संस्था नेविसंघले राजधानीका विभिन्न क्याम्पस अगाडि प्रदर्शन गर्नुका साथै पधानमन्त्रीको पुत्ला जलाएका छन् । काठमाडौको पशुपति, पुल्चोक, गा्रमिण आर्दश लगायतका क्याम्पस अगाडि नेविसंघले सरकारविरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेको हो । आजै दिउँसो महिला संघले माइतिघर मण्डलामा विधेयक विरुद्ध प्रदर्शन गर्ने जनाएको छ ।