काठमाडौं, काँग्रेस नेता तथा सांसद देबप्रसाद तिमलसिनाले सरकारले तानाशाही शैलीमा चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरेको भन्दै सरकारको चर्को आलोचना गर्नु भएको छ ।

संसद बैठकपछि आयोखवर डटकम संग कुरा गदै सांसद तिमलसिनाले सभामुख कृष्ण बहादुर महराले विधेयक प्रस्तुत गर्ने क्रममा आफ्नो मर्यादा समेत भुलेको आरोप लगाउनु भयो ।
उहाँले प्रतिपक्षको विरोधकाबीच सरकारले जवरजस्ती विधेयक पारित गरेकाले सरकारविरुद्ध काँग्रेसले सडक र सदनबाट आन्दोलन थाल्ने चेतावनी दिनु भयो ।
विधेयकका विषयमा प्रतिपक्षले असहमति जनाउँदा जनाउँदै एक पटक संवाद समेत नगरी दुई तिहाइको बलमा विधेयक पास गरिएको आरोप समेत उहाँले लगाउनु भयो ।
