काठमाडौँ, नयाँ वानेश्वरमा विवेकशील नेपाली दलसहितका समर्थकले अनसनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न दवाव दिने उद्देश्यले प्रदर्शन गरेका छन् ।

सोही क्रममा प्रहरी र विवेकशीलका कार्यकर्ताबीच तानातान समेत भएको छ । निषेधित क्षेत्र तोड्न केसीका समर्थकले प्रयास गरेपछि दुई पक्षबीच तानातान भएको हो । त्यस क्रममा प्रहरीले विवेकशीलका संयोजक उज्वल थापासहित २५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने अन्यमा विवेकशीलका सदस्यहरु शशी बिक्रम कार्की, अजिता राई, डा दिनेश प्रसाईं, अम्बिका कार्की, सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थीमी, लगायत रहेका छन् । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।
