काठमाडौं, नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गरेका छन् ।

नेविसंघका नेता तथा कार्यकर्ताहरुले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै नाराबाजी गरेका हुन् ।नेविसंघको कार्यकाल सकिएपनि म्याद थपेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।काँग्रेस केन्द्रीय समिति बैठकका लागि शीर्ष नेताहरु कार्यालय पुग्नेवित्तिकै विद्यार्थीहरुले नाराबाजी सुरु गरेका थिए ।
