सरकारविरुद्ध नेविसंघको प्रदर्शन

९ माघ २०७५, बुधबार १७:५९

काठमाडौँ ,सरकारका काम कारवाही र निर्णयको विरोध गर्दै काठमाडौंमा प्रतिपक्ष दल काँग्रेसको भ्रातृ संगठन नेविसंघले विरोध प्रदर्शन गरेको छ ।

राजधानीको माइतीघर मण्डलामा भेला भएर नेविसंघका कार्यकर्ताहरु बुधबार दिउँसो र्यालीसहित बबरमहल हुदै नयाँ बानेश्वर पुगेका थिए । र्याली बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।प्रदर्शनमा सहभागीहरुले १४ प्रश्नसहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । प्रशासनले सुरक्षाकर्मीको तैनाथी बढाएको थियो ।