प्रदेश ५ का अधिकांश पहाडी जिल्लामा झरी

९ माघ २०७५, बुधबार ११:५९

बुटवल , प्रदेश ५ का अधिकांश पहाडी जिल्लामा मंगलबारदेखि सुरु भएको झरी कायमै रहेको छ ।बुधबार बिहान बुटवलमा हावाहुरी चल्नुका साथै केही स्थानमा छिटपुट बर्षा र हुस्सु लागेको छ ।

पाल्पा, अर्घाखाँची र गुल्मीमा रातीदेखि बिहानसम्म पानी परेको छ । मानिसहरु घरभित्रै आगो बालेर बसेका छन् ।रोल्पामापनि रातभर पानी परेपछि चिसो बढेको छ ।रुकुममा बर्षासँगै हिउँ परेर जनजीवन प्रभावित बनेको छ । दाङ्ग, र बाँकेमा भने घाम लागेको छ । बर्दियामा मङ्गलवार पानी परेपनि विहान घाम लागेको छ । कपिलवस्तुका अधिकांश स्थानमा सिमसिमे पानी परेको छ । नवलपरासी र पश्चिम नवलपुरका केहि भागहरुमा पानी परिरहेको छ ।