नक्कली लाइसेन्स र नागरिकता बनाउने पक्राउ

८ माघ २०७५, मंगलवार १४:१५

काठमाडौं, सक्कली सर्टिफिकेट, सवारी अनुमतिपत्र, नागरिकता लगायतमा रहेको नाम हटाई नक्कली नाम राखी विभिन्न प्रयोजनका कागजात बनाउने कार्यमा संलग्न एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर बस्ने काभ्रे घर भएका विपुन श्रेष्ठ छन् ।


काठमाडौं तारकेश्वर–११ मनमैजुमा रहेको उग्रचण्डी साईवरमा नक्कली कागजात बनाउने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साईबरबाट नक्कली सर्टिफिकेट लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने ल्यापटप, फोटोकपी प्रिन्टर, पेनड्राईभ र तयारी अवस्थामा रहेको नक्कली कागजातहरु प्रहरीले बरामद गरेको छ ।