सुनको भाउ बढ्यो

७ माघ २०७५, सोमबार ११:३१

काठमाडौं, साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलमा रु १०० ले बढेको छ । सोमबार सुनको भाउ तोलामा ६० हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

आइतबार सुन तोलामा ६० हजार ८०० मा कारोबार भएको थियो ।यस्तै सोमबार तेजाबी सुन तोलमा ६० हजार ६०० मा कारोबार भइरहेको छ ।