काठमाडौं, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव मदन भण्डारीलाई मुख्य पात्र बनाई लेखिएको ‘बर्बरिक’ नाटकको मञ्चन कुञ्ज थियटरमा सुरु भएको छ।नाटक नेकपा नेता तथा साहित्यकार प्रदीप नेपालद्वारा लिखित उपन्यास ‘बर्बरिक’को नाट्य रुपान्तरण हो। नाटकमा उपन्यासमा जस्तै महाभारतका एक पात्र ‘बर्बरिक’सँग स्वर्गीय भण्डारीलाई तुलना गरिएको छ।

नाटकमा विसं २०४६ देखि २०५० सम्मको राजनीतिक गतिविधि, संयुक्त जनआन्दोलन र नेता भण्डारी र जीवराज आश्रितको रहस्यमय दासढुङ्गा दुर्घटनाका विषयहरु समेटिएको छ। त्यसैगरी, लौहपुरुष गणेशमान सिंह र नेता भण्डारीको मित्रतालाई पनि नाटकमा देखाइएको छ।‘बर्बरिक’को मुख्य भूमिकामा कलाकार भरत गुरागाईं छन् भने निर्देशन जीवन बरालले गरेका हुन्।‘बर्बरिक’ नाटक आगामी माघ १२ गतेसम्म कुञ्ज थियटरमा प्रदर्शन हुनेछ।
