काठमाण्डौ, कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले किसानलाई एक वर्षभित्र मलको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्री खनालले कृषि क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न आफूले छुट्टै किसान विश्वविद्यालय र किसान आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्न लागेको पनि जानकारी दिनुभयो ।राष्ट्रिय किसान आयोगको दोस्रो स्थापना दिवसको अवसरमा बोल्दै उहाँले किसानलाई प्रविधिसँग जोडेर सरकारले कृषि क्षेत्रमा सुधार ल्याउन चाहेको पनि स्पष्ट पार्नुभयो । मन्त्री खनालले आफूले दुधको गुणस्तर सुधारमा उल्लेख्य प्रगति गरेको दावी पनि गर्नुभयो ।
