राजपा अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महेन्द्रराय यादवलाई

६ माघ २०७५, आईतवार १२:३०

काठमाडौं, राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महेन्द्रराय यादवलाई दिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले चक्रीय प्रणालीअनुसार यही माघ ६ गतेदेखि अध्यक्ष मण्डलका सदस्य यादवलाई संयोजकको जिम्मेवारी दिने निर्णय भएको जनाइएको छ ।