ललितपुर , रुघा खोकी र चिसोले सताएपछि नेकपाका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना हुनु भएको छ ।केही दिनदेखि ज्वरो र खोकीले ग्रस्त भएपछि उहाँलाई आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

सीता लामो समयदेखि सुगर, प्रेसर, पाठेघरको समस्याबाट पीडित हुनुन्छ । छोरा प्रकाश दाहलको निधनपछि उहाँमा टोलाउने, एकोहोरो हुने जस्ता समस्या देखिदैँ आएको छ ।उपचारपछि उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
