संविधानबाट धर्म निरपेक्षता हट्नुपर्छः शशांक

५ माघ २०७५, शनिबार ११:३७

काठमाडौं , प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधानबाट धर्म निरपेक्ष शब्द हटाउनुपर्ने बताउनु भएको छ ।

एक अनलाइन टिभीमा कुरा गर्दै महामन्त्री कोइरालाले धर्म स्वतन्त्र हुनुपर्ने जिकिर गर्नु भयो । जनमत संग्रह अथवा संविधान संशोधनमार्फत निरपेक्ष हटाएर धार्मिक स्वतन्त्रता ल्याउनुपर्ने उहाँको माग छ।नेपाली कांग्रेसको झण्डाको ४ तारामध्ये एउटा धार्मिक स्वतन्त्रताको प्रतिक भएको र यो विपीले उठाएको बताउँदै उहाँले निरपेक्ष शब्दले नकारात्मक अर्थ दिने भएकाले परिमार्जन गर्नुपर्ने धारणा राख्नु भयो ।