काठमाण्डौ,अहिले धेरै गाउँपालीकाका अध्यक्ष राम्रो काम गर्न नसकेर गुमनाम छन । सधै जनताले गुनासो गर्ने गर्छन । तर एकजना गाउँपालीकाका अध्यक्ष हिरा केवट राहुल भने सधै जनताको सुख दुखको सारथी बनेर चर्चामा रहेका छन ।



साँच्चिकै काममा लगनशील र ईमान्दारीता भएमा जनताले सधै साथ दिन्छन भन्र्ने उदाहरण रुपन्देही जिल्ला ओमसोतीया गाँउपालीकाका युवा अध्यक्ष केवट बनेका छन । अहिले उनी आफनो गाँउपालीकामा जनता संग हातेमालो गदै कृषि, पर्यटन, माछा पालनको क्षेत्रमा नमुना काम गरेर लोकप्रिय बनेका छन । यो नै बिकास र समृद्दिको आधार हो । यस्तै काम सवैले आ आफनो क्षेत्रबाट गर्ने हो भने देशको मुहार पक्कै फेर्ने सकिन्छ । देशमा बेरोजगारका कारण लाखौ युवा बिदेश पलायन भएको अवस्थामा देशमा केहि गर्नु पर्छ भन्र्ने दिर्घकालीन सोच भएका केवट जस्ता युवा जनप्रतिनिधि सवै गाँउपालीकामा हुने हो भने आफनो गाँउपालीका आफै बन्र्ने थियो कसैको मुख ताक्नु पर्ने थिएन ।
