काठमाडौं, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारविरुद्ध कांग्रेस सडकमा उत्रनुको विकल्प नभएको बताउनु भएको छ ।

जुम्ला गोठीचौर गाउँपालिकाका विभिन्न दलसँग आबद्ध युवाहरुलाई पार्टी प्रवेश गराउने क्रममा पौडेलले कांग्रेसले संसदमा भूमिका बढाउँदै गएको बताउनु भयो । प्रतिपक्ष दलको भूमिका अब सडकमा पनि देखिनुपर्ने उहाँको भनाइ थियो। वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै उहाँले जनताको सहभागितामा कांग्रेसले सडक रोज्नुपर्ने बताउनु भयो । वाइडबडी काण्डमा मन्त्रीले झुटो विवरण पेस गरेको प्रति उहाँले आपत्ति जनाउनु भयो । राज्यको ढुकुटी दुरुपयोगमा सरकारका मन्त्रीहरु लागेको उहाँको आरोप छ।डा गोविन्द केसीका कारणले प्राप्त उपलब्धि लत्याउने काममा सरकार लागेको पौडेलले बताउनु भयो ।
