सांस्कृतिक विविधताले राष्ट्रिय एकता मजबुत बनाउछः प्रधानमन्त्री ओली

१ माघ २०७५, मंगलवार १०:११

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधताले राष्ट्रिय एकता मजबुत बनेको  बताउनु भएको छ ।  माघे संक्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो  बताउनु भएको हो ।

‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता नेपालको मौलिक पहिचान हो’, प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा  भन्नु भएको छ ।सबै जात र समुदायको सहभागितामा निर्माण गरिएको संविधान कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पूरा गर्न अग्रसर भएको प्रधानमन्त्रीले शुभकामना सन्देशमा उल्लेख  गर्नु भएको छ ।  अभियान एक्लो प्रयासबाट सफल नहुने भन्दै उहाँले   सहयोगका लागि सबैसँग आग्रह  गर्नु भएको छ ।सरकार सबै जातजाति र समुदायका चाडपर्वको संरक्षणमा उत्तिकै संवदेनशील रहेको पनि प्रधानमन्त्रीले प्रष्ट  पार्नु भएको छ ।