किसानलाई आत्मनिर्भर नबनाए देश बन्दैनः दयाराम खनाल

२८ पुष २०७५, शनिबार १७:२६

कृषि बिकास बैकका अवकास प्राप्त  अधिकृत दयाराम खनालले बर्तमान सरकार   दिगो कार्ययोजनाका   साथ अघि  बढनु पर्नेमा जोड दिनु भएको छ । आयो टिभीको प्रस्तुती आयोसंवाद कार्यक्रममा बोल्दै खनालले उक्त कुरा बताउनु भएको हो ।  प्रविधियुक्त आधुनिक प्रविधिद्वारा खेती गरिएमा खाडी मुलुकमा जाने बेरोजगार युवा स्वदेशमा काम पाउने र देशको आर्थिक विकासमा  मद्दत पुग्ने खनालले बताउनु भयो ।

उहाँले  कृषि उत्पादन वृद्धि गर्नु पर्ने कुरामा बिशेष  जोड दिनु भयो ।  उहाँले भन्नु भयो, किसानलाई आत्मनिर्भर नबनाए सम्म देश बन्दैन ।