सन्धिखर्क, अर्घाखाँची जिल्ला बिपद ब्यबस्थापन समिति अर्घाखाँचीको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारि प्रेमलाल लामिछानेको अध्यक्षतामा सम्पन्न बैठकमा हाल सम्म जिल्लाको बिपद स्थितिको बारे समीक्षा गरियको थियो ।बैठकमा स्थानीय तहहरूले आबस्यकता अनुसार जिल्ला ब्यबस्थापन समिति संग समन्वय गरि बिपद पुर्ब तयारि तथा प्रतिकार्य योजना २ महिना भित्र बनाई सक्नु पर्ने निर्णय गरियको छ ।

बैठकले २०७५ श्रावण देखि विपदमा परेका ५९ जना पिडितलाइ मापदण्ड अनुसार राहत प्रदानका लागि अनुमोदन गर्ने निर्णय गरेको छ ।त्यस्तै जिल्लामा भुकम्प ,बाडि पहिरो,भुक्षयका कारण जोखिममा रहेका बस्तिहरूलाई शुरक्षित स्थानका स्थानान्तरण गर्ने ,स्थानीय तहले राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रबिधिक सहयोग समेत लिई जोखिममा रहेका स्थान र एकिकृत बस्ति बसाल्न सकिने संभाब्य स्थानको पहिचान गर्ने । माघ २ गते भुकम्प दिवस मनाउने , बिपद सामाग्री राख्नको लागि ठाउँ उपलब्ध गराउन प्रदेश सरकार लाई अनुरोध गर्ने निर्णय गरेको छ ।हिउँदमा हुने आगलागी नियन्त्रणका लागि बन डिभिजन कार्यालय मार्फत सचेतनामुलक कार्यक्रम सन्चालन गर्ने समेत निर्णय गरेको छ ।बैठकमा प्रमुख आतिथ्यता प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमाझी र विशिष्ट आतिथ्यता ५नं । प्रदेश सदस्य चेतनारायण आचार्य को रहेको थियो।बैठकमा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल , मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, प्रनाउ नबराज मल्ल , गणपति निरज भण्डारी , शसस्त्र प्रमुख गोपाल श्रेष्ठ , अनुसन्धान प्रमुख लक्ष्मण चौधरि , नेकपा कानेता तोज बहादुर रायमाझि , नेपाली कांग्रेस का सभापति बिष्णु मुस्कान , राजमो पूर्व केन्द्रीय सदस्य शेर बहादुर बि सि , जिल्ला अध्यक्ष थम्मन के सि , नयाँ शक्तिका जिल्ला संयोजक गोकर्ण थापा , शिक्षा समन्वय ईकाई प्रमुख मणिराम पराजुली , संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना प्रमुख केशवलाल शाक्य ,उद्योग बाणिज्य संघका अध्यक्ष युबराज श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटिका शम्भु पोख्रेल स्वास्थ्य प्रमुख जगन्नाथ तिवारि , जिल्ला आयोजना कार्यान्वयन ईकाई प्रमुख बलराम मिश्र , बन डिभिजन कार्यालय प्रमुख अजय बिक्रम मानन्धरको उपस्थिति रहेको थियो ।
