काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता, गणतन्त्र र धर्म निरपेक्षता नेपाली जनताको चाहना र आवश्यक्ता नभएको दाबी गर्नु भएको छ ।
अध्यक्ष थापाले विदेशीको दबाव र प्रभावमा लादिएकाले आफ्नो पार्टीले संघीयता, धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध फागुन ७ गतेबाट देशभर आन्दोलन गर्ने निर्णय लिनु परेको पनि स्पष्ट पार्नु भयो ।
काठमाडौंमा एक कार्यक्रममा बोल्दै थापाले भन्नु भयो , आन्दोलनको राप र तापमा पारेर लादिएको गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई हटाएर राजसंस्थासहितको हिन्दू राज्य स्थापना गर्ने लक्ष्यका साथ आफ्नो पार्टी अघि बढिरहेको
नेपालको पहिचानलाई जोगाई राख्न पनि मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने अध्यक्ष थापाको तर्क छ।