अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहज भएको छः महाप्रबन्धक राजकुमार क्षेत्री

२४ पुष २०७५, मंगलवार १७:३२

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रयोगमा ल्याएको रेडियो फ्रिक्वेन्सीमा देखिएको समस्या समाधान भएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले रेडियो फ्रिक्वेन्सीमा देखिएको समस्या समाधान भएको भन्दै अहिले उडान सहज भएको  बताउनु भयो ।  यसअघि फ्रिक्वेन्सीमा समस्या देखिँदा विमानस्थलबाट बाहिर जानुपर्ने विमान करीब दुई घण्टा प्रभावित भएका थिए ।क्षेत्रीका अनुसार फ्रिक्वेन्सीमा समस्या आएको कारण एप्रोज र एरियामा खराबी देखिएको थियो । एप्रोचको समस्या तत्कालै समाधान भएपनि एरियाको समस्या समाधान गर्न भने केही ढिलाई भएको हो ।