सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

२४ पुष २०७५, मंगलवार १२:१५

काठमाडौं– सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने घटेको छ ।  तोलामा ५ रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।