राजदूत लक्की शेर्पा बर्खास्त

२४ पुष २०७५, मंगलवार १०:१८

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई राजदूतबाट हटाउने निर्णय गरेको हो ।

नेपालबाट अष्ट्रेलिया लगिएको निजी चालकसँग लेनदेन लगायतको विवाद चुलिएपछि परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरण मागेको थियो । यसका साथै शेर्पाविरुद्ध छानविन गर्न समिति पनि बनाएको थियो ।राजदूतका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदुत लक्की शेर्पा र उहाँका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका थिए । राजदूत शेर्पाले भने उक्त आरोपको खण्डन  गर्नु भएको थियो । अस्ट्रेलिया पठाउने भनेर पैसा उठाइएका व्यक्तिहरु अस्ट्रेलिया जान नसकेपछि राजदूत लक्की र उहाँका श्रीमानले रकम फिर्ता नदिई उल्टै आफू र आफ्नी श्रीमतीलाई फसाइएको वाङछुले आरोप लगाउनु भएको छ ।