अन्य देशका पूर्व राष्ट्रपति जस्तै नेपालका पूर्व राष्ट्रपति यादव पनि आफ्नै पेसामा फर्किने संकेत

२३ पुष २०७५, सोमबार १३:१४

काठमाडौं । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकीय सेवामा फर्कने संकेत  गर्नु भएको छ । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले चिकित्सकीय सेवामा फर्कने संकेत  गर्नु भएको हो ।

उहाँले  सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरि काम गर्ने सोच बनाएको बताउनु भयो ।   पूर्व राष्ट्रपति यादव राजनीतिमा आउनु भन्दा अघि कांग्रेस नेता बीपी कोइरालाको निजी चिकित्सक पनि हुनुन्थ्यो ।  कोइरालाकै संगतमा उहाँ  राजनीतिमा  आउनु भएको हो ।